पोखरामा शंख फुकेर राष्ट्रवादी प्रदर्शन

पाेखरा | बैशाख २८, २०८०

पोखरामा शंख फुकेर राष्ट्रवादी प्रदर्शन

पोखरा:  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले आज (बिहीबार) प्रदेश सरकार खारेजीको माग नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य भ्रष्टाचारका विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो ।

 

प्रदर्शन पश्चात सुनगाभा न्यूजसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्कीका अध्यक्ष नारायण गुरुङले देशको अर्थतन्त्र कमजोर बनाउनुमा प्रदेश सरकार र भ्रष्टाचार मुख्य कारण रहेको बताए । 

 

‘देशको अर्थतन्त्र कमजोर हुनुमा संघीयता हो यो खारेज हुनुपर्छ, प्रदेश सरकार सेतो हात्ती  जस्तै भएको छ, गुरुङले भने, ‘सेतो हात्ती नपालौ यसले देशको अर्थतन्त्र झन धरापमा राखेको छ ।  त्यसैले प्रदेश खारेज गरिनुपर्छ ।’

 

 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय जल्दोबल्दो भएकाले दोषी कसैलाई पनि छाड्न नहुने बताए । ‘हामीले हिजोका दिनदेखिनै भन्दै आएका छौ भ्रष्टाचार गर्नु भनेको आमाको दुध खानु जस्तै हो त्यसैले जो कोही पनि भ्रष्टाचार र ठगीमा लिप्त छन भने कारवाही गरिनुपर्छ,’ उनले भने । 

 

पोखराको लखनचोकमा भएको विरोधमा ¥यालीमा प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, लुडाकुको पैसा कसले खायो, गणतन्त्र चाँहिदैन, देश लुट्न पाइँदैन, ३३ केजी सुन काण्ड कता हरायो लगायतका नारासमेत लगाएका थिए । 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्